Skip to main content

‘हट चियर’मा कुलमानको एक वर्ष

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हटिहाल्यो भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन्।
आफूले प्राधिकरणको नेतृत्व सम्हालेको वर्ष दिन पुगेको अवसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले एक वर्षमा गरेका काम र आगामी योजना सुनाए। ‘कार्यकारी निर्देशकको ‘हट चियर’ मा बस्दा मेरा सामू एकातिर समस्या र चुनौतीका चाङ थिए भने अर्कातिर मुलुकको ऊर्जा क्षेत्र सुधारका अवसर पनि उत्तिकै थिए,’ घिसिङले भने, ‘अहिले लोडसेडिङ हटेको छ तर लोडसेडिङ हटिहाल्यो भनेर ढुक्क भएर बस्यौं भने आउने दिन झन् अन्धकार हुन सक्छन्।’
त्यस्तो अन्धकार आउन नदिन र देशलाई बिजुलीमा आत्मनिर्भर बनाउन आफू र प्राधिकरणले काम गरिरहेको घिसिङले बताए।प्रस्तुत छ पत्रकार सम्मेलनमा घिसिङले राखेका धारणाको सम्पादित अंशः
मैले जिम्मेवारी सम्हाल्दा वर्षात्को समयमा समेत ६ देखि ८ घन्टाको लोडसेडिङ हुने कहाली लाग्दो यथार्थ थियो। हिउँदमा त दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो।
सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङ अन्त्य र प्राधिकरणको सुधार नै थियो। लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा हामी थियौं। घाटामा रहेको प्राधिकरणको ‘ब्यालेन्स सिट’ लाई नाफाको देखाउने हाम्रो सपना थियो।
लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्दा आम नागरिकले पत्याउने अवस्था थिएन। तर, माग र आपूर्तिको कुशल र वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा तत्काल लोडसेडिङ अन्त्य गर्न सकिन्छ भन्नेमा हामी दृढ थियौं । त्यसै अनुसार विद्युतको चुस्त व्यवस्थापनमा म र मेरो टिम क्रियाशील भयौं र सफलता हासिल गर्यौं।
वर्षभरिमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाको साँझ कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली सञ्चालनमार्फत परीक्षणको रूपमा मुलुकभर निरन्तर विद्युत आपूर्ति कायम गरी लोडसेडिङ हटाउन सफल भयौं। त्यो दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो। लक्ष्मीपूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्यो। त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख सहरमा लोडसेडिङ अन्त्य गर्न केन्द्रीत भयौं। अन्ततः हाम्रो प्रयास सफल भयो। र, मुलुकलाई उज्यालोतर्फ अगाडि बढ्यो।गार्हस्थतर्फको लोडसेडिङ अन्त्य गरेपछि औद्यौगिक क्षेत्रमा समान रूपमा विद्युत आपूर्ति गर्यौं । उच्च मागको समयमा मात्र उद्योगमा लोडसेडिङ ग¥यौं। यसले लोडसेडिङको मार खेपिरहेका उद्योगलाई राहत मिलेको छ भने उत्पादन क्षमतामा समेत वृद्धि भएको छ। सहज रूपमा ऊर्जा आपूर्ति हुनासाथ मुलुकको अर्थतन्त्रले नै फड्को मारेको छ।
अहिले औद्योगिक क्षेत्रमा बेलुकाको २ देखि ३ घन्टा बाहेक विद्युत आपूर्तिको कारणले देशभरि लोडसेडिङ छैन। भैरहवा लगायतका देशका केही भूभागमा सबस्टेसन, ट्रान्स्फरमर तथा वितरण लाइन ओभरलोड भएकाले केही घन्टा लोडसेडिङ गर्नु पर्ने बाध्यात्मक अवस्था छ । यो समस्यालाई निकट भविष्यमा नै समाधान गर्न हामीले सकेका सबै प्रयास जारी राखेका छौं।
लोडसेडिङ अन्त्यमा मात्रै चित्त बुझाउने र यसमै रमायौं भने आगामी दिन झन् अध्यारोतर्फ धकेलिन सक्छ। यसतर्फ हामी सचेत भएर लागिरहेका छौं। अलपत्र अवस्थामा रहेका जलविद्युत आयोजना र प्रसारण तथा वितरण लाइनका आयोजनाहरुको काम तीव्र रूपमा अगाडि बढाउन प्रयासरत छौं। प्राधिकरण लगायत ऊर्जा क्षेत्रको समग्र पुनर्संरचना अगाडि बढेको छ। संस्था सुधार एवं पुनर्संरचनाको प्रयास निरन्तर जारी रहनेछ।नेपालको पानी जनताको लगानी भन्ने नारालाई व्यवहारमा लागू गर्न प्राधिकरणले आउँदा दिनमा जलविद्युत आयोजनामा आम जनताको समेत लगानी सुनिश्चित हुने गरी कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय भई सोही अनुसार काम अगाडि बढाइएको छ। जुन मुलुकको ऊर्जा क्षेत्रका लागि एउटा महत्वपूर्ण फड्को हो। जलस्रोतको उपयोगबाट राष्ट्रलाई समृद्ध बनाउने यो महत्वपूर्ण कदम हो। अब ठूला जलशाययुक्त, पिकिङ रन फ रिभर जलविद्युत आयोजना र प्रसारण तथा वितरण लाइन निर्माणमा प्राधिकरणको ध्यान केन्द्रीत रहनेछ।
हाल प्राधिकरणको छविमा सुधार आएको छ। आम नागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ। प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ। यसका लागि हामीले दिने सेवामा अझै धेरै सुधार गर्न जरुरी छ।
हाम्रा सामू विद्युतको नियमितता, गुणस्तरीयता र सुरक्षाको विषय ठूलो चुनौतीको रूपमा खडा भएको छ। यसको सुधारका लागि केही समय लाग्नेछ। ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत आर्पूित गर्न हरसम्भव प्रयासरत रहने र नाफासहितको सक्षम, सबल र सुदृढ प्राधिकरण बनाउने मेरो प्रतिबद्धता छ।

Comments

Popular posts from this blog

Kohli hails India’s new spin duo ahead of NZ ODI series

India captain Virat Kohli has praised new spinners Kuldeep Yadav and Yuzvendra Chahal and is tempted to play them together in India’s one-day series opener against New Zealand in Mumbai on Sunday. Left-arm wrist spinner Yadav and right-arm leg break bowler Chahal have established themselves as India’s first-choice attacking combination, keeping veterans Ravichandran Ashwin and Ravindra Jadeja out for the third consecutive limited-overs series.Yadav and Chahal combined to pick up 13 wickets in India’s recent 4-1 ODI series victory over Australia. “We need to find our best bowling combination before we reach the World Cup (in 2019) stage,” Kohli told reporters on Saturday. “We always had in mind to bring wrist spinners into play. We honestly did not think of playing the two together but they are so good together, it is tempting to play them in every game. “Ashwin and Jadeja have played limited-overs cricket for last six-seven years regularly. These youngsters have stepped up

Nepal should benefit from China’s prosperity: Chinese envoy

KATHMANDU:  Chinese Ambassador to Nepal Yu Hong has said that Nepal should reap benefits from the prosperity of China. Nepal could be benefited from China’s prosperity in various sectors including trade, investment and connectivity as Nepal has already joined China-proposed One Belt and One Road Initiatives (OBOR), she said.In a press meet organized on the occasion of 19th Congress of the Communist Party of China (CPC) and Sino-Nepal Relations by Embassy of China in Kathmandu, the Chinese envoy shared that China was supporting Nepal on the basis of equal treatment, mutual cooperation and shared development framework. She further shared that Sino-Nepal relations has strengthened further in these days adding that the high-level exchange of visits, feasibility study on railway in Nepal, increasing the number of Nepalis students in China indicate the robust bilateral ties. Chinese Ambassador Yu said that China was working out to resume Tatopani border point and to smoothly operat

Nepathya releases new video siranma photo cha

KATHMANDU:  Nepal’s famous folk-rock band, Napathya, has released a new video  siranma photo cha  as part of its video release series during the band’s Silver Jubilee Year. In a statement today, Nepalaya said the song was taken from Nepathya’s 9th album- “ Aaina Jhyaal ‘, the song lyrics was based on a melody from the Langtang region in Rasuwa district, where Nepathya’s classic hit Bhedako Oon Jasto  was originated from.The song  Mai Mari Jaula  is composed in a Tamang Selo rhythm and covers story of people, separated by migrant labour culture, their plight, suffering and ironically some of them returning in coffin never to meet their loved ones again, it said in the statement. “Mai Mari Jaula………..Jeevan Choto Cha Lekheko Samjhana…….Chyatera Nafala Siranma Photo Cha………………” “We have been releasing 10 songs on an average per album” shared Nepathya lead singer Amrit Gurung. “Traditionally, only few lucky numbers witness popularity and the rest goes unnoticed. This song remains o