Skip to main content

Posts

Showing posts from January, 2018

रोनाल्डो बेच्न रियल तयार१

पोर्चुगिच स्टार क्रिस्टिायनो रोनाल्डोलाई बेच्न रियय म्याड्रिड तयार भएको अन्तर्राष्ट्रिय खेल सञ्चारमाध्यमहरुले जनाएको छन्। रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले चाहेको खण्डमा रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गरेपछि स्पेनिस महारथी आफ्ना सुपर स्टारलाई विक्री गर्न तयार देखिएको हो । पूर्व सहमति अनुसारको नयाँ प्रस्ताव नआएपछि रोनाल्डो क्लबसँग असन्तुष्ट छन्। गत वर्ष टोलीलाई युरोपियन च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डोले त्यसपछि उनको पारिश्रमिकमा बृद्धि गरिने सहमति भएको थियो। स्पोर्टस मेलका अनुसार अध्यक्ष पेरेजले रोनाल्डोका एजेन्ट जर्ज मेन्डिसलाई अन्य क्लबको प्रस्ताव सुन्न भनेको छ। पेरेजले नै गत सिजन च्याम्पियन्स लिगपछि रोनाल्डोलाई नयाँ सम्झौता गर्ने बताएका थिए। तर, त्यो सहमति अनुसारको प्रक्रिया अघि नबढेपछि रोनाल्डोले क्लब छाड्न चाहेको बताइएको छ । रोनाल्डोको चाहना भने पुरानै क्लब म्यानचेस्टर युनाइटेड फर्कने रहेको बताइन्छ। समाचार अनुसार रियललाई चौथो पटक च्याम्पियन्स लिग विजेता बनाएयता नै रोनाल्डो क्लबसँग असन्तुष्ट रहँदै आएका छन्। कर छलीको मुद्दामासमेत क्लबले असहयोग गरेको भन्द

मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि, बार्सिलोना पराजित

लियोनल मेसीले पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो। स्पानियोललाई जित दिलाउन ओस्कार मेलेन्डोले निर्णायक गोल गरे। योसँगै स्पानियोलले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा स्पानियोलका खेलाडीले सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। तर ६२ औँ मिनेटमा पाएको त्यो पेनाल्टीमा मेसीले गोल गर्न सकेनन्। स्पानियोलका गोलरक्षक डिएगो लोपेजले मेसीको प्रहारलाई रोके। अग्रता लिने मौका गुमाएको बार्सिलोना ८८ औँ मिनेटमा गोल खान पुग्यो। खेलको अन्तिम पाँच मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डो चम्किएपछि खेलको ८८ औँ मिनेटमा गोल गर्दै स्पानियोललाई १ – ० को महत्वपूर्ण जित दिलाए। यता, बार्सिलोनालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नुपर्ने भएको छ। क्वाटरफाइनलको दोस्रो लेग जनवरी २५ मा बार्सिलोनाको मैदान नाउ क्य

कुन प्रदेश को अस्थाई राजधानी कहाँ ? प्रदेश प्रमुख को ?

बुधबार ,३ माघ ( काठमाडौँ ) सरकारले आज सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको छ | बुधबार बसेको मन्त्रि परिसद को बैठक ले सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको हो | जसमा प्रदेश १ को बिराटनगर ,२ को जनकपुर ,३ को हेटौडा र ४ को मुकाम पोखरा तोकेको छ | तेस्तै प्रदेश ५ को रुपन्देही ,६ को सुर्खेत तथा ७ को धनगढी तोकिएको छ |  पदेश प्रमुख मा प्रदेश १ मा डाक्टर गोविन्द सुब्बा ,२ मा रत्नेस्वोरलाल कायस्थ ,३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा ,६ मा दुर्गा प्रसाद खनाल र ७ मा मोहनराज मल्ल लाई निउक्त गर्ने सरकारले निर्णय गरेको छ |