Skip to main content

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?

नयाँ संविधानको व्यवस्थाअनुसार अबको चार/पाँच महिनाभित्र पहिलोपटक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने छ।
संविधानले संघीय संसद गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। यसपटकको राष्ट्रपति निर्वाचन यसअघिका दुई निर्वाचनभन्दा फरक तरिकाबाट हुनेछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कानुनी व्यवस्था गर्न सरकारले व्यवस्थापिका संसदमा विधेयक पेस गरेको छ।
पहिले एउटा मात्रै सदन थियो, संविधानसभा सदस्यले भोट हालेर राष्ट्रपति र उपराष्ट्रपति चुन्थे। पहिलो राष्ट्रपति रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी यसैगरी निर्वाचित भएका थिए।
अबको राष्ट्रपति निर्वाचन मण्डलले छान्ने छ। निर्वाचन मण्डलमा दुई प्रकारका मतदाता हुने व्यवस्था संविधानमा छ- संघीय सांसद र प्रदेश सांसद। यी दुई प्रकारका मतदाताले हाल्ने भोटको भार पनि फरक-फरक हुने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा पर्छन्। यी दुई सभाका एक जना सांसदले हालेको भोट ७९ बराबर हुन्छ।प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ जना सांसद हुन्छन्। राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८-८ जना र मनोनित ३ जना गरी ५९ जना हुन्छन्। यी ८ जनामध्ये ३ जना महिला, १ जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन्। यसरी संघीय संसदमा ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्न पाउँछन्। जुन २६ हजार ३ सय ८६ भोट बराबर हो।
प्रदेश सांसदले हालेको एक भोट ४८ भोट बराबर हुन्छ। सातवटै प्रदेश सभामा ५५० सदस्य हुन्छन्। उनीहरूको भोट २६ हजार ४ सय बराबर हुन्छ।
यी दुई सदनको मतभार जोड्दा राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन्। उनीहरूको मतको गणना भने ५२ हजार ७ सय ८६ मत हुने छ।
जम्मा खसेको मतको बहुमत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ। निर्वाचत मण्डलका कुनै पनि सिट खाली नभएको अवस्थामा निर्वाचित हुन कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने छ। कुनै पनि उम्मेदवारले यति मत प्राप्त नगरे सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने छ र बहुमत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छ।
उपराष्ट्रपतिको निर्वाचन पनि ठीक यसैगरी हुने विधेयकमा प्रस्ताव गरिएको छ।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनजस्तै राष्ट्रिय सभा पनि निर्वाचक मण्डलबाट नै निर्वाचित हुने छ। यसका लागि पनि सरकारले विधेयक संसदमा पेस गरेको छ।
राष्ट्रिय सभाका ८ सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा अलग-अलग निर्वाचक मण्डल हुने छ। यसमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख हुन्छन्। उनीहरूको मतभार भने फरक-फरक हुने छ।
प्रदेश सांसदको मतभार ४८ हुने छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुने छ। उदाहरणका लागि प्रदेश नम्बर १ मा १३७ गाउँपालिका र नगरपालिका छन्। त्यसैले यहाँको निर्वाचक मण्डलमा २७४ स्थानीय तहका प्रतिनिधि सहभागी हुने छन्। एक जनाको भोट बराबर १८ हुने भएकाले सबै प्रतिनिधिले मत हालेमा उनीहरूको कुल मत ४ हजार ९ सय ३२ हुन्छ।
प्रदेश संसदमा प्रत्यक्ष निर्वाचित ५६ र समानुपातिकबाट निर्वाचित ३७ गरी ९३ जना हुने छन्। एक जना प्रदेश सांसदको भोट ४८ भोट बराबर हुन्छ। त्यसैले उनीहरूको कुल मत ४ हजार ४४६ हुन्छ।यसरी प्रदेश नम्बर १ को निर्वाचक मण्डलले आफूमध्ये धेरै मत ल्याउने ३ महिला, १ दलित र ४ खुला गरी ८ राष्ट्रिय सभा सदस्य निर्वाचित गर्छ।
प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या १३६ पुर्‍याइएको छ। यहाँ पनि २७२ प्रतिनिधि नै निर्वाचक मण्डलमा रहने छन्। उनीहरूको जम्मा मत ४ हजार ८ सय ९६ मत बराबर हुन्छ।
प्रदेश दुईको संसदमा भने १०७ जना हुनेछन्। उनीहरूको मत ५ हजार १३६ मत बराबर हुन्छ। यी मतदाताले दुई नम्बर प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने ८ सदस्य चुन्छन्।
यसरी, सातै प्रदेशबाट ८-८ गरी ५६ जना राष्ट्रिय सभा सदस्य हुन्छन्। जसमध्ये २१ जना महिला र ७ जना दलितका लागि आरक्षित छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले तीन जना मनोनयन गरेपछि राष्ट्रिय सभा ५९ सदस्यीय हुने छ। प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदमा कुल ३३४ जना हुनेछन्।
संघीय संसद, प्रदेश संसद र स्थानीय तहका प्रतिनिधिको मतभार निर्धारणमा देशको कुल जनसंख्यालाई आधार बनाइएको छ। यो पटकको राष्ट्रिय सभा निर्वाचनमा २०६८ सालको जनगणनालाई आधार बनाइएको छ। यो जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४लाख ९४ हजार ५०४ छ।यो जनसंख्यालाई संघीय सांसदको संख्या ३३४ले भाग गरी फेरि एक हजारले भाग गरेपछि आउने संख्या नै उसको मतभार हो। यो संख्या ७९ हुन्छ, अर्थात एक जना संघीय सांसदको भोट ७९ भोट बराबर हुन्छ।
७ प्रदेशका प्रदेश सभामा जम्मा ५५० सांसद हुन्छन्। यो संख्याले नेपालको जनसंख्यालाई भाग गरी फेरि एक हजारले भाग गरेपछि प्रदेश सांसदको मतभार निस्किन्छ। यो संख्या ४८ हो।
स्थानीय तहको मतभार निकाल्न सबैभन्दा पहिले स्थानीय तहको कुल संख्यालाई दुईले गुणन गरिएको छ। अहिले नेपालमा ७५३ स्थानीय तह छन्, यसको दुई गुणा १हजार ५०६ हुन्छ। यो संख्याले नेपालको कुल जनसंख्यालाई भाग गरी एक हजारले भाग गरेपछि स्थानीय तहका प्रतिनिधिको मतभार निस्किन्छ, जुन संख्या १८ हो।

Comments

Popular posts from this blog

‘Clean India’ mission not ending manual scavenging, activists say

MUMBAI:  A flagship government program to modernise India’s sanitation has failed to tackle the practice of low caste women clearing faeces by hand, and has even exacerbated the problem by building toilets not connected to water supplies, campaigners say. Prime Minister Narendra Modi launched the Swachh Bharat Abhiyan, or Clean India Mission, with much fanfare after he took office in 2014, sweeping a Delhi street with a broom. Since then, thousands of toilets have been built across the country.But Dalit communities, especially women, are still forced to be manual scavengers, a euphemism for clearing faeces from dry toilets and open drains by hand, despite laws to end the practice. The workers have it harder now, activists said. “Swachh Bharat has diverted attention from ending manual scavenging, and makes it seem like the whole country is cleaning. But if that’s the case, then why are people still dying in septic tanks,” said activist Bezwada Wilson. “There is also no dis...

US trio win Nobel for finding Einstein’s gravitational waves

STOCKHOLM/LONDON:  Three US scientists won the 2017 Nobel prize for physics on Tuesday for opening up a new era of astronomy by detecting gravitational waves, ripples in space and time foreseen by Albert Einstein a century ago. The work of Rainer Weiss, Barry Barish and Kip Thorne crowned half a century of experimental efforts by scientists and engineers.Measuring gravitational waves offers a new way to observe the cosmos, helping scientists explore the nature of mysterious objects including black holes and neutron stars. It may also provide insight into the universe’s very earliest moments. The first detection of the waves created a scientific sensation when it was announced early last year and the teams involved in the discovery had been widely seen as favourites for Tuesday’s prize. “We now witness the dawn of a new field: gravitational wave astronomy,” Nils Martensson, acting chairman of the Nobel Committee for Physics, told reporters. “This will teach us about the ...

Swiss defence ministry foils cyber attack

ZURICH:  Switzerland’s defence ministry has foiled a cyber attack by malware similar to that used in other global hacking campaigns, the government said in a statement on Friday. The attack was detected in July by software that operated much like the Turla malware family, it said.The government declined to give information about the origin of the attack or say if any damage including data theft had occurred. It cited security considerations. Government specialists took counter measures and an investigation is underway, while criminal charges have been lodged with federal prosecutors against persons unknown to them. The Turla spyware was detected in 2014 and suspected of infecting hundreds of government computers and military targets across Europe and the Middle East. Several security researchers and Western intelligence officers say they believe the malware in those attacks was the work of the Russian government.