बलिउड अभिनेता आमिर खानलाई चिनाइराख्नु पर्दैन। सबल अभिनय सँगै सामाजिक विषहरूमा उनको सहभागिताले उनलाई अभिनेताभन्दा धेरै माथि पुर्याइदिएको छ। ‘लगान’ ‘थ्रि इडियट्स’ ’तारे जमिन पर’ जस्ता फिल्महरूले सबैको मनमा बसेका उनी पछिल्लो समय ’दंगल’ बाट झनै चर्चामा आए। ती सबै फिल्महरू बलिउड फिल्म हुनु सँगसँगै विभिन्न सामाजिक विषयहरूमा आधारित थिए। तिनले बालक तथा युवा पुस्ता सबैको मन जिते। उनले सुरु गरेको पहिलो टिभी कार्यक्रम ‘सत्यमेभ जयते’ एकदमै सफल रह्यो। सामाजिक मुद्धाहरूमा लामो समय रिसर्च गरेर प्रस्तुत गर्ने तथा त्यस्ता समस्या समाधान गर्न लागिरहेका पर्दापछाडीका हिरोहरूलाई बाहिर ल्याउने उनको प्रयासको सर्वत्र प्रशंसा भयो। उक्त कार्यक्रम करौडौ दर्शकहरूले हेरे। यसै सन्दर्भमा अमेरिकामा जैनब साल्बीले लिएको उनको अन्तर्वार्ता सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ। तपाईँलाई सत्यमेव जयते सुरु गर्न के ले प्रोत्साहित गर्यो?
मलाई लाग्छ यो म सानो हुँदादेखिनै कतै सुरु भइसकेको थियो। मेरो आमाबाटै। आमाले मलाई धेरै प्रभावित पार्नुभएको छ। सानो हुँदा म धेरै टेनिस खेल्थेँ। स्टेट तथा नेसनल लेभलमा पनि खेलेँ। म खेलमा धेरै ध्यान दिन्थेँ भन्ने उहाँलाई थाहा थियो। जब पनि म म्याच खेलेर घर फर्किन्थेँ उहाँ हार्यौ कि हारेनौ भनेर सोध्नुहुन्थ्यो। म प्राय हार्दिन थिँए। खुसी हुँदै जितेको कुरा सुनाउँथे। त्यसैक्रममा एक दिन मैले जितेको कुरा सुनाएपछी उहाँले भन्नुभयो, ‘जो केटा तिमीसँग हार्यो उ अहिले घर पुग्योहोला। आमाले उसलाई त्यही प्रश्न सोध्नुभयो होला। उसले मैले हारेँ भन्यो होला। उसको आमाले अहिले धेरै नराम्रो महसुस गरिहकी होलिन्?’ त्यो कुराले मलाई भित्र सम्म छोयो। आफूले कहिल्यै नभेटेकी कुने महिलाको बारेमा सोच्ने उहाँको हृदयले मलाई गहिरो प्रभाव पार्यो। मलाई लाग्दैन उहाँले मलाई कुनै कुरा सिकाउन खोज्नुभएको थियो। तर उहाँ त्यस्तै हुनुहुन्थ्यो। त्यसको प्रभाव मलाई पर्यो।दोस्रो प्रभाव मेरो साथी सत्यजित भड्कल हुन्, जो सत्यमेभ जयतेका डाइरेक्टर छन्। सत्या र म स्कुलमा सँगै पढ्यौ। उ टपर थियो। म पछाडि बस्थेँ। उ धेरै जान्ने। पढाइ सकाएपछी उसले इन्जिनियर¸ चार्टर एकाउन्टेन्ट वा डाक्टर केहीपनि नभई अरूको लागि काम गर्ने सोच्यो। आफ्नो जीन्दगीनै आफूभन्दा कम पँहुच भएका व्यक्तिहरूको सेवामा लगायो। म फिल्ममा लागेँ। मेरो करियर पनि बन्यो। सफल पनि भएँ। तर हरेकपल्ट उसलाई भेट्दा मलाई जहिल्यै गिल्टी फिल हुन्थ्यो। मैले केही गलत गरेको थिइन, मनले चाहेकै कुरा गरिरहेको थिँए तर पनि उसलाई भेट्दा त्यस्तै लाग्थ्यो। उ अरूको लागि बाँचेको देख्दा मलाई पनि उ जस्तै हुन पाए कस्तो हुन्थ्यो जस्तो हुन्थ्यो। उसले गरिरहेको भन्दा आधा मात्र गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो।
त्यस बेला टेलिभिजन पनि नँया उचाइमा पुग्दै थिए। मैले पनि धेरथोर ‘गुडविल’ कमाएको थिँए। त्यसैले म कसरी योगदान दिन सक्छु भनेर सोच्न थालेँ। हरेकदिन उठेर पत्रिकामा अन्याय, गरिबी, पीछडिएका वर्ग सबैको बारेमा पढिरहँदा त्यसको लागि मैले केही गर्न पाए हुन्थ्यो जस्तो लागिरह्यो। मलाई लाग्छ हामी सबैलाई यसरीनै केही न केही गरूँ भन्ने लाग्छ तर कहाँबाट सुरु गर्ने थाहा हुँदैन। त्यसपछि मलाई लाग्यो कि म जे जान्दछु मैले त्यही गर्नुपर्छ। जुन हो ‘स्टोरी टेलिङ’। मलाई यही स्टोरी टेलिङकै माध्यमबाट केही गरेर मानिसहरूको सोचाइ परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो। हाम्रो समाजमा भएका विषयहरूमा छलफल गर्नु जरुरी थियो। त्यस बेला यो लेबलमा कसैले प्रयास गरेका थिएनन्। मलाई मेरो गुडविलको प्रयोग गरी खोज पत्रकारिता र स्टोरी टेलिङको माध्यमबाट केही गर्ने आँट आयो। त्यसैले हामीले हरेक विषयमा गहिरो रिसर्च गर्यौ र टिभी मार्फत सबै मानिसहरूसम्म पुर्यायौ। हामीले के सिक्यौ भन्ने कुरा सुनायौ।समाज परिवर्तन गर्ने मामिलामा मैले जहिल्यै पनि दुईवटा बाटो जरुरी हुन्छ भन्ने बुझेँ। ‘टप टु डाउन र डाउन टु टप’। पहिलोमा कानुन बनाउने र मानिसहरूलाई पालना गर्न लगाउन। कहिलेकाँही यो काम गर्छ त कहिले गर्दैन। धेरैजसो समय गर्दैन। अर्को बाटो भनेको लामो बाटो हो तर हामी त्यसमै हिँड्यौ। यो तरिबाट मानिसहरूको मनलाई घृणाले हैन मायाले छुने हो। यसरी सानो उमेरमै मानिसहरूलाई राम्रो कुरा सिकाउने, ताकि भोलि उनीहरूलाई कानुनको मतलब संझाउनु नपरोस्।यस्तै सबै कुराहरू मिलेर अहिलेको सत्यमेभ जयते तयार भयो।
पहिलो सो को विषय कन्या भ्रुणहत्याको बारेमा थियो। यो सामान्य विषय छँदै थिएन। यसैलाई छान्न के ले प्रेरित गर्यो?
यो नै हामीले किन छान्यौ भन्ने बारेमा यकिन थाहा छैन। सुरुमा हामीले चारवटा विषयमा रिसर्च गरेका थियौ। कन्या भ्रुण हत्या सहित पब्लिक हेल्थ, बाल यौन हिंसा जस्ता विषयहरू थिए ती। पहिलो यसलाईनै छान्नुको कारण यो इन्डियाको पहिलो ठुलो समस्या बन्दै थियो। यसले सबै मानिसहरूलाई एकैपटक छुन सक्थ्यो। त्यसैले यसलाई महिलाको समस्या भन्दा पनि आमाको समस्याको रूपमा अगाडी बढाउने निर्णय गर्यौ। सबै सामाग्रीहरू तयार भइसकेपछि त्यसलाई यसरी देखाउनु थियो कि दर्शकहरूलाई भावनात्मक रूपमा छुन सकोस्। मैले सो सुरु गर्दा पनि ‘आज हामी कन्या भ्रुण हत्याको बारेमा कुरा गर्दैछौ’ भनेर गरिन। मैले यसरी सुरु गरेँ। ‘मानिसहरूलाई तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण मानिस को हो भनेर सोध्यो भने धेरैले आमा भन्छन्’। आमाको बारेमा कुरा गरेर मैले मानिसहरूलाई भावनात्मक रूपमा तानेपछि भनेँ ‘लौ हेरौ आज हामी आमाहरूलाई कसरी व्यवहार गरिरहेका छौ’। हाम्रो पहिलो अतिथि एक आमालाई बोलाएका थियौ जसले छोराको खोजी गर्दा ६ वर्षमा ८ वटा गर्वपतन गरिसकेकी थिइन् र ती सबै उनका पति सहित सासुहरूले जवरजस्ती गराएका थिए। जब उनलाई हेर्नुहुन्छ र उनी बोलेको सुन्नुहुन्छ तपाईँ एक आमालाई सुनिरहनुभएको हुन्छ। त्यो देखेर बुझ्नुहुन्छ एक आमाले के के भोग्नुपर्यो। एक महिलाले के के भोग्नुपर्यो। त्यही कुराले मानिसहरूलाई समात्यो। पहिलो शृंखलाले नै मानिसहरूलाई भावनात्मक रूपमा बाँधिदियो।र खुसीको कुरा, २०११ मा त्यो एपिसोड देखाइएको थियो। त्यसभन्दा पहिला राष्ट्रिय गणनामा राष्ट्रिय जन्म औषत ९१४ महिला हुँदा १००० पुरुष थियो। राजस्थान र महाराष्ट्र जस्ता स्थानमा अझ ९०० भन्दा पनि कम थियो। र यो घट्दै थियो। तर अहिले ३ वर्षपछि तिने राज्यहरूमा उक्त अनुपात ५० देखि ६० नम्बरसम्म बढेको छ। र मलाई लाग्यो यो हाम्रो कार्यक्रम धेरै मानिससम्म भावनात्मक रूपमा पुगेको तथा त्यहाँको सरकारले गरेको प्रयासको संयुक्त प्रतिफल हो। मानिसहरूले त्यो कार्यक्रम हेरेर अबदेखि म यस्तो गर्दिन भन्नु पनि ठुलो कुरा हो जस्तो लाग्छ।
Comments