नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ हटिहाल्यो भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन्। आफूले प्राधिकरणको नेतृत्व सम्हालेको वर्ष दिन पुगेको अवसरमा बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले एक वर्षमा गरेका काम र आगामी योजना सुनाए। ‘कार्यकारी निर्देशकको ‘हट चियर’ मा बस्दा मेरा सामू एकातिर समस्या र चुनौतीका चाङ थिए भने अर्कातिर मुलुकको ऊर्जा क्षेत्र सुधारका अवसर पनि उत्तिकै थिए,’ घिसिङले भने, ‘अहिले लोडसेडिङ हटेको छ तर लोडसेडिङ हटिहाल्यो भनेर ढुक्क भएर बस्यौं भने आउने दिन झन् अन्धकार हुन सक्छन्।’ त्यस्तो अन्धकार आउन नदिन र देशलाई बिजुलीमा आत्मनिर्भर बनाउन आफू र प्राधिकरणले काम गरिरहेको घिसिङले बताए।प्रस्तुत छ पत्रकार सम्मेलनमा घिसिङले राखेका धारणाको सम्पादित अंशः मैले जिम्मेवारी सम्हाल्दा वर्षात्को समयमा समेत ६ देखि ८ घन्टाको लोडसेडिङ हुने कहाली लाग्दो यथार्थ थियो। हिउँदमा त दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो। सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङ अन्त्य र प्राधिकरणको सुधार नै थियो। लोडसेडिङ सदाका लागि बिदा गरी ‘उज्यालो
A blog about the news