प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकवाट ३ जना मन्त्री र एक राज्यमन्त्री थपेर भोली मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ ।
राप्रपावाट विभाजित भएर हालै पशुपतिशमशेर राणाको नेतृत्वमा गठित राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता दिपक वोहरालाई विज्ञान तथा प्रविधि, सुनिलवहादुर थापालाइ उद्योग र विक्रम पाण्डेलाई वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । त्यसैगरी रेशम लामालाई उद्योग राज्य मन्त्री बनाउने तयारी छ । नयाँ मन्त्रीहरुको भोली सपथ गराउने कार्यक्रम बनाइएको छ । सपथ सँगै मन्त्रीहरुको संख्या ५४ पुग्ने छ ।
भदौ पहिलो साता इतिहासकै सबैभन्दा जम्वो ५० सदस्यीय मन्त्रिपरिषद् वनाउनु भएका देउवाले आफ्नै रेकर्ड तोड्दै पुन चार सदस्थ थप गर्न लाग्नु भएको हो ।
Comments